विकृति बढेपछि विद्युतका संरचना सार्न नयाँ व्यवस्था

काठमाडौंँ । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, खम्बा, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्डसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 

प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको जनाएको छ। कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नुपर्ने दायित्वलगायत व्यवस्था गरिएको छ।प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००-२३० भोल्ट (एलटी लाइन), ११ केभी र ३३ केभीसम्मको लाइनको तार, खम्बा र त्यसमा जडान भएको ट्रान्सफर्मरलगायत संरचनाको स्थानान्तरण गर्नेछ।

काठमाडौंँ उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रहरूमा सरकारी निकाय, स्थानीय तहहरू, उपभोक्ता समिति, व्यक्ति÷संस्थाहरुमार्फत सडक विस्तारका क्रममा विद्युतीय संरचना सार्न माग गर्दै प्राधिकरणमा निवेदन आउने गरेका छन्। साथै, व्यक्तिगत जग्गाको बीचमा लाइन परी जग्गा उपभोग गर्न नमिल्ने भएको उल्लेख गरेर खम्बा, तार तथा ट्रान्सफर्मर सार्नका लागि प्राधिकरणमाथि दबाब पर्ने गरेको छ।

प्राधिकरणले कार्यविधिमार्फत प्राविधिक जाँचबाट उपयुक्त देखिए र स्थानान्तरण गर्ने स्थानमा विरोध नभएको सुनिश्चित भएमा मात्र विद्युतीय संरचना सार्न सकिने व्यवस्था गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×