काठमाडौँ - गायक रवि ओड र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत ‘सुन माया’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो। रोमान्टिक शैलीमा बनेको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत छ। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्।
गरिमा फिल्मस्ले तयार पारेको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। भिडियोमा शुभम आचार्य र योगिशा खत्रीको अभिनय छ। उनीहरुबीचको टिनएज प्रेमलाई भिडियोमा देखाइएको छ।
नवराज उप्रेतीको छायाङ्कन र विकास दाहालको सम्पादनमा भिडियो तयार भएको हो।