अभिनेत्री अदिती बुढाथोकी कोरोना संक्रमित

काठमाडौँ। नेपाली चलचित्र ‘कृ’बाट नेपाली सिने जगतमा पाइला राखेकी अभिनेत्री अदिती बुढाथोकी कोरोना संक्रमित भएकी छिन्। सिक्किममा चलचित्र ‘बाबरी’ को छायांकन सकेर मुम्बई पुगेकी उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको बताएकी हुन्। मंसिरको दोस्रो हप्ता उनी छायांकन सकेर मुम्बई लागेकी हुन्।

उनले कोरोनाविरुद्ध दुई चरणको भेरोसेल खोप लगाईसकेकी छिन्। सञ्जालमा उनले आफूलाई कोरोना भएको पुष्टि गर्दै लेखेकी छिन् "मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ। मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ। अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु। जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला।"

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×