भारतका चर्चित गायक प्रफुल्ल करको निधन

काठमाडौँ - भारतका चर्चित गायक तथा संगीत निर्देशक प्रफुल्ल करको निधन भएको छ। उनको आइतबार ८३ वर्षको उमेरमा निधन भएको हो। फेब्रुअरी १६, १९३९ मा पुरीमा जन्मेका प्रफुल्ल एक प्रतिष्ठित संगीतकार, गायक, गीतकार, लेखक तथा स्तम्भकार थिए।

कला क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रफुल्ल धेरैपटक सम्मानित भएका छन्। उनलाई सन् २००४ मा जयदेव पुरस्कार र २०१५ मा पद्मश्री प्रदान गरिएको थियो।

उनको निधनमा भारतीय नेता तथा कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। 

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले स्वर्गीय प्रफुल्ल कारको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका छन्। पटनायकले प्रफुल्लकरलाई श्रद्धाञ्जली दिन राज्य सरकारका दुई मन्त्रीहरू अन्तिम संस्कारमा उपस्थित हुनसमेत निर्देशन दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×