गभर्नर अधिकारीको राजीनामा माग्दै आज बालुवाटार घेराउ गरिने

काठमाडौँ - सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आज विरोध प्रदर्शन गर्ने भएका छन्।उनीहरुको विरोध प्रदर्शनसँगै बालुवाटार घेराउ गर्ने कार्यक्रम स्मेत रहेको छ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल(क्रान्तिकारी)ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन्।

आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा  जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने  कार्यक्रम रहेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए। विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए।  गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति 'राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधान' विपरीत भएको खुल्न आएको भएको भन्दै  युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिवार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र समेत बुझाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×