प्रधानमन्त्री देउवाको ६ महिना : राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरिएकाे बताइएकाे छ ।

सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो । सरकारका उपलब्धी, पारिस्थिति र चुनौतीका बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । तर समय र मितिबारे भने अझै टुंगो लागि नसकेको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×