शहर सुन्दर बनाउन समुदाय पनि जिम्मेवार हुनुपर्छ : मन्त्री झाँक्री 

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षणको जिम्मा सरकारको मात्रै नभएर हरेक व्यक्ति व्यक्तिको रहेको बताएकी छन् ।

टेकु पचली क्षेत्रका पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको सम्वर्द्धनमा झुट्न सबैमा अपिल गरेकी हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, “अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन र सम्पदाको सम्वर्द्धनमा सबै आआफ्नो स्थानबाट जुटौं।'

उनले पुनर्निर्मित सम्पदाले नेपालको संस्कृति र सभ्यता जोगाउन मद्धत गरेको भन्दै सुन्दर शहर निर्माणका लागि आवश्यक काममा सरकारले विशेष ध्यान दिनेपनि बताएकी छन् । साथै उनले खोलाको किनारमा बस्दैमा सुकुम्बासी नभईने र वास्तविक पीडित पहिचान गरेर मात्रै सरकारले आवासको व्यवस्थापन गरिदिने बताएकी छन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×