काठमाडौँ। नेपाली चलचित्रका अनमोल केसी र अभिनेत्री सुहाना थापाको आउँदो चलचित्र ‘ए मेरो हजुर ४’ को पहिलो गीत शुक्रवार सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमबिच ‘फूलको थुंगा’ बोलको उक्त गीत सार्वजनिक भएको हो।
कार्यक्रममा सञ्चारकर्मीसँग कलाकार र निर्माण पक्षबिच कुराकानी भएको थियो। सोहिक्रममा अभिनेता अनमोललाई बिभिन्न प्रश्न गरियो। साथै ‘भ्यालेन्टाइन विक’को बारेमा पनि प्रश्न राखियो।
'प्रमिस डे'का दिन कार्यक्रममा सुहाना र अनमोललाई एकअर्कालाई के ‘प्रमिस’ गर्न चाहनु हुन्छ भनेर प्रश्नमा अनमोलले सुहानाको हातबाट माइक लिएर फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’को दिन आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने बताएका थिए।
उनले भने ‘भ्यालेन्टइन्स डेको दिन मेरो इस्टाग्राम स्टोरीमा म मेरो भ्यालेन्टाइनसँगको भिडियो हाल्छु, यो मेरो प्रमिस हो।’