काठमाडौँ - चलचित्र ‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल बन्ने भएको छ। तत्कालीन सरकार-माओवादी द्वन्द्वको कथामा बनेको चलचित्र ‘टलक जंग भर्सेस टुल्के’को सिक्वेल निर्माण हुने भएको हो।
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुशांक मैनाली, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा रहेका थिए।
‘टलकजंग भर्सेस टुल्के’को कथा तथा पटकथा खगेन्द्र लामिछानेले लेखेका थिए। कार्यकारी निर्माता रविन्द्र सिंह बानिया थिए।
'टलक जंग भर्सेस टुल्के-२ हामी यो वर्ष बनाउँदै छौँ, पुरानै टिम मिलेर यो चलचित्रको सिक्वेल निर्माणको तयारी भइरहेको छ।' निर्माता रविन्द्र सिंह बानियाले भने।