काठमाडौँ - कतारमा जारी फिफा विश्वकपमा आज (मंगलबार) अन्तिम-१६ का अन्तिम दुई खेल हुँदैछन्। यी २ खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।
कतारको एजुकेसन सिटी रंगशालामा हुने आजको पहिलो खेलमा मोरोक्कोले स्पेनविरुद्ध खेल्दैछ। यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ। मोरोक्को समूह ‘एफ’ को विजेताको रूपमा र स्पेन समूह ‘ई’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएको हो।
यस्तै, आजको दोस्रो खेलमा राति १२ः४५ बजे पोर्चुगल र स्विजरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कतारको लुसैल रंगशालामा हुनेछ। विश्वकपमा पोर्चुगल समूह ‘एच’ को विजेताको रूपमा र स्विजरल्यान्ड समूह ‘जी’ को उपविजेताको रूपमा अन्तिम-१६ मा आएको हो।