काठमाडौँ - प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन, आव २०७७/७८’ पेस गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन आजको बैठकमा पेस गरेका हुन्। यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘लोक सेवा आयोग विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको विधेयक टेबुल गरे।