६ अक्टोबरमा नेपाल आइपुग्नेछुः सन्दीप लामिछाने

काठमाडौँ - नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू ६ अक्टोबरमा नेपाल आइपुग्ने जानकारी दिएका छन्। नाबालिगमाथि बलात्कारको आरोप लागेपछि सन्दीपलाई नेपाल क्रिकेट एशोसियसनले निलम्बन गरेको थियो।

सन्दीपले ५ भदौमा आफूमाथि बलात्कार गरेको १ नाबालिगले उजुरी दिएपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

त्यति बेला उनी क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहाँ सिपिएल बीचमा नै छोडेर निस्किएका सन्दीप अहिले कहाँ छन् भन्ने टुंगो छैन। यसअघि पनि उनले आफू निर्दोष भएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

अहिले पनि सन्दीपले आफू निर्दोष भएको भन्दै फेसबुकमा नै आफू ६ अक्टोबरमा नेपाल आउने बताएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×