काठमाडौँ - निर्देशक विकासराज आचार्य आफ्नो हिट फिल्म ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज बनाउँदै छन्। यो फिल्मको छायांकन भाद्रमा सुरु गर्ने उनको तयारी भएको छ।
नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेर फिल्म बनाउने तयारीमा छन्। यो फिल्ममा विकास र सामिप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद रहनेछ। फिल्ममा आँचलको अपोजिटमा आदर्शवाद क्षेत्रीलाई कास्ट गर्दै निर्देशक आचार्यले नेपाली फिल्ममा भित्र्याउँदै छन्।
नयाँ अनुहारको खोजीमा रहेका निर्देशक आचार्यले केही समय अगाडि मात्र आदर्शवादलाई सेलेक्ट गरेका हुन्। आदर्शवाद यो फिल्मका लागि केही समयदेखि तयारी समेत गरिरहेका छन्। सासामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरबाट पनि उनले शरीर बनाउन कति मिहिनेत गरिरहेका छन् भन्ने कुरा थाहा हुन्छ।
उनले मार्सल आर्ट पनि सिकिरहेका छन्। नयाँ नयाँ अनुहारलाई नेपाली फिल्ममा भित्र्याएका निर्देशक आचार्यले भित्र्याएको अभिषेक नेपाल बाहेक अन्य भने सफल छन्।