काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानवअधिकार आयोगको स्थापना हुनु मानवअधिकार रक्षकसँगै राजनीतिज्ञहरुको पनि सफलता भएको बताएका छन्।
मुख्यमन्त्री पाण्डेले मानवअधिकार आयोग नेपालको आयोजनामा हेटौँडामा शुक्रबारबाट सुरु भएको दुईदिने मानवअधिकार रक्षकको प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै मानिसका अधिकार प्राप्तिका लागि विगतका राजनीतिक परिवर्तनका आन्दोलन महत्वपूर्ण सावित भएको बताए।
उनले पछिल्लो समय विगतमा जस्तो बोलेकै आधारमा राज्य पक्षबाट मानवअधिकार नै हनन हुने प्रकृतिका घटनामा कमी आएको बताए। विगतमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै कुण्ठित बनाउने गरी राज्यले मानवअधिकार माथि प्रहार गर्ने गरेको उनले बताए ।