हर्के हल्दार नयाँ टेलिचलचित्र ‘रिटार हल्दार’ मार्फत देखिने

काठमाडौँ - हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब ‘रिटार हल्दार’ को रुपमा देखिने भएका छन्।

नयाँ टेलिफिल्म ‘रिटार हल्दार’ मा उनी नयाँ भूमिकामा देखिन लागेका हुन्। आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले टेलिफिल्मको विभिन्न पक्षबारे जानकारी दिएको छ। सोही अवसरमा समसामयिक विषयवस्तु र ताजा परिस्थितिलाई श्रृंखलाले प्रस्तुत गर्ने जानकारी दिइएको छ।

भद्र भुजेलको निर्देशन रहने टेलिफिल्ममा सापकोटाको अलवा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यशोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रत्यासी थापा, सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहने छ।

कार्यक्रममा विशिष्ठ कलाकार नीर शाहले ‘रिटार हल्दार’ पोस्टर सार्वजनिक गर्दै टेलिफिल्मको शुभारम्भ गरेका थिए। मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकार तथा निर्देशक लय संग्रौला, उत्तम केसी, मुकुन्द किशोर भट्टराई, जीतु नेपाल, दमन रुपाखेती, सुरेन्द्र केसी, शैलेन्द्र सिंम्खडा लगायतको उपस्थिति रहेको कार्यक्रममा सबैले श्रृंखलाको सफलताका लागि शुभकामना दिएका छन्।

हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको क्यारेक्टरलाइ विशेष रुपमा प्रस्तुत गरिएको विष्णु सापकोटाले बताएका छन्।

गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, विष्णु सापकोटाको कन्सेप्ट तथा स्क्रिप्ट, प्रवेश पोखरेलको छायाँकन रहेको टेलिचलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×