काठमाडौँ। गायिका सुबानी मोक्तानको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार सुबानीको ‘समय’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा सुबानीकै शब्द, संगीत र आवाज रहेको छ भने गीतको भिडियोमा उनको अभिनय पनि रहेको छ। गीतमा रिकेश गुरुङको संयोजन रहेको छ।
निकेश खड्काको निर्देशनमा बनेको गीतको भिडियोमा सुबानीसँगै अभिनेता पुष्प खड्का, प्रियाना आचार्य र धुव्र बुढाथोकीको पनि अभिनय रहेको छ।गीतको भिडियो ‘सुबानी मोक्तान’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायिका सुबानी ‘नेपाल आइडल सिजन ४’को निर्णायक समेत रहेकी छिन्।
भिडियो: