हात्तीपाइले रोगविरुद्धका अभियानमा स्थानीय तह जुटे

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन्। 

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन अभियानको योजना तर्जुमा गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका हात्तीपाइले रोग निवारण कार्यक्रम स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिएका छन्।

उनका अनुसार अझै पनि जनचेतनाको कमी, औषधिबारे गलत धारणा र औषधिसम्बन्धी जानकारी नभएको जस्ता विषयले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानले बाँकेमा लक्ष्य प्राप्त गर्न नसकेको अवस्थालाई सुधार गर्न अहिले स्थानीय तहले सक्रियता देखाएका छन्। आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाले औषधि सेवन नगरे सरकारी सेवाबाट बञ्चित गर्नेसम्मको तयारी गरेको नगरप्रमुख लुटबहादुर रावतले बताए।

प्रत्येक वर्ष औषधि सेवन अभियान सञ्चालन भए पनि प्रभावकारी नभएका कारण अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सबैलाई व्यापकरूपमा परिचालन गरिने उनले जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×