रानीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु

रुकुम पूर्व- मध्यपहाडी लोकमार्गअन्तर्गत सिस्ने गाउँपालिका–६, रानीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–५, का ४५ वर्षका प्रेम परियार छन्। 

गिट्टी लोड गरेर ब्याक गर्ने क्रममा रा १ त १५६३ नम्बरको ट्र्याक्टर पल्टिएको हो। घटनापछि ट्र्याक्टर चालक रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका–११, का हेमन्त बाठामगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×