युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्न राष्ट्रिय महिला टोलीको घोषणा

काठमाडौँ - युगान्डाविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो।

त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ। नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुने भएको छ।

टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी,ममता चौधरी,अश्मिना कर्माचार्य,सुमन खतिवडा,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई,बिन्दु रावल,इश्वरी विष्ट,डोली भट्ट,हिरणमायी रोय र ऋतु कनोजिया रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×