चन्द्रागिरिमा ‘तपाइँको मास्क खै’ अभियान

काठमाडौँ । पछिल्ला दिनमा  बढ्दै गरेको ओमिक्रोन कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ। 

महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजद्वारा संयुक्त रुपमा  आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत थानकोट, चेकपोष्ट, बलम्बु गुर्जुधारा, सतुङ्गल, तीनथाना, नैकाप, दहचोक जस्ता नगरका मुख्य क्षेत्रमा मास्क वितरण गरिएको थियो। कार्यक्रमको आज समापन गर्दै चन्द्रगिरि नगरपालिका  प्रमुख घनश्याम गिरीले कोरोना नियन्त्रणमा नगरपालिकाले उच्च प्राथमिता दिँदै आएको बताए। उनले भने, “आफूलाई पायक पर्ने स्थानमा गई कोरोना विरुद्धको खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न  म नगरवासीलाई आग्रह गर्दछु।”

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिको सहकार्यमा आयोजित सो कार्यक्रममा चन्द्रागिरि–१ का वडाध्यक्ष राजेन्द्र केसीले समाज रुपान्तरणमा जेसिज अभियान महत्वपूर्ण  रहेको जनाउँदै कोरोना महामारी रोकथाम र न्यूनीकरणमा सामूहिक प्रयत्नको खाँचो औंल्याए। चन्द्रागिरि–१३ का वडाध्यक्ष बालमुकुन्द विडारीले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाइँको मास्क खै’ अभियान फलदायक रहेको विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दिल्लीनारायण पाण्डेले जनचेतना कार्यक्रमले आम नागरिकको स्वास्थ्य सुरक्षामा प्रभावकारी भूमिका खेलेको जनाउँदै  सङ्क्रमणवाट बच्न र बचाउन मास्क अहिलेका लागि प्रभावकारी माध्यम रहेको बताए। उनले भने, “चेतना फैलाउने काम प्रहरीले निरन्तर जारी राख्छ ।”  

सो अभियानलाई समाजसेवी रामनारायण घिमिरेले मास्क सहयोग गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×