उषाआवद्ध धिबेहीको लगातार दोस्रो हार

काठमाडौँ - नेपाली राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य उषा भण्डारी सम्मिलित धिबेही सिफान्गीले माल्दिभ्सको मालेमा जारी भलिबल एसोसिएसन कप २०२२ मा लगातार दोस्रो हार व्यहोरेको छ।

 धिबेही माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा साेमबार भलिबल युथ न्यु जनेरेसनसँग ३-० को सेटमा पराजित भएकाे हाे।

पोल 'बी' अन्तर्गतको खेल धिबेहीले खेल २५-१९, २५-१४ र २५-१३ ले गुमाएको थियो।

यसअघि धिबेही सिफान्गीले क्लब हाफलाइनलाई ३-० को साेझाे सेटमा हराउँदा माल्दिभ्स पुलिससँग ३-० कै सेटमा पराजित भएकाे थियाे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×