१० हजार मिटर दौडमा दीपक अधिकारीको कीर्तिमानी जित

पोखरा - एथलेटिक्सअन्तर्गत १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले कीर्तिमानी जित हासिल गरेका छन्। उनले सशस्त्र प्रहरीका गोपी चन्द्र पार्कीलाई पछि पार्दै स्वर्ण पदक हात परेका हुन्।

अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। यसक्रममा उनले १३औँ सागका स्वर्ण पदक विजेता एपीएफका पार्कीको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ रेकर्ड राखेका छन्। यसअघि, पार्कीको ३० मिनेट ३०.९९ सकेन्डको राष्ट्रिय कीर्तिमान बनेको थियो।

त्यस्तै, दोस्रो स्थानमा रहेका पार्कीले ३० मिनेट ३८.३२ सेकेन्डमा निर्धारित दुरि पार गरेका थिए। तेस्रो स्थानमा आर्मीका गजेन्द्र राई रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×