१ दिवसीय क्रिकेट सिरिज नेपाललाई

काठमाडौँ - नेपालले घरेलु मैदानमा जिम्बाबे विरुद्धको एकदिवसीय श्रृङ्खला जितेको छ। सोमबार भएको तेस्रो एकदिवसीय खेलमा ६ विकेटले पराजित गर्दै नेपालले श्रृङ्खला जितेको हो।

सोमबार जिम्बाबेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले ८४, दीपेन्द्रसिंह ऐरीले ६०, आसिफ शेखले २९ र विनोद भण्डारीले २८ रन बनाएका थिए।

जिम्बाबेका लागि ब्रान्डन मवुताले तीन र ब्राड इभान्स्ले एक विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको जिम्बाबेले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो। ताडिवानासे मरुमनीले ५० रन बनाएका थिए। नेपालका लागि किशोर महतोले पाँच, सोमपाल कामीले दुई, करण केसी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए।

 खेलमा किशोर महतो प्लेअर अफ द म्याच भए। त्यस्तै, करण केसी प्लेअर अफ द सिरिज भए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×