संस्कार, संस्कृति देशका अमूल्य सम्पत्ति हुन् : मुख्यमन्त्री राई

भोजपुर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए। षडानन्द नगरपालिका– ११ मा आज आयोजित ‘लाखे नाच’ कार्यक्रममा उनले सबै जातजातिको धर्म, संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन देशको साझा सम्पत्ति भएकाले यसको अस्तित्व जोगाउन राज्यले भूमिका खेल्नुपर्ने बताए।

‘यी विभिन्न संस्कार, संस्कृति हाम्रो देशको अमूल्य सम्पत्ति हुन्’, मुख्यमन्त्री राईले भने , ‘यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ। यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ।’ मुख्यमन्त्री राई आफैँ ढोलक बोकेर नाचमा सहभागी भएपछि स्थानीयवासीसमेत उत्साहित भएका थिए।

मुख्यमन्त्री राईसँगै षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास पनि कार्यक्रममा ढोलक बजाउँदै सहभागी भएका थिए। षडानन्द नगरपालिका मुख्यमन्त्री राईको गृहनगर हो। श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×