लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
एमाले संसदीय दलका उपनेता आचार्य सोमबार एमालेका २९ र कांग्रसका २७ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।
८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।