काठमाडौँ - केजीएफ फिल्मबाट चर्चित भएका कलाकार यशको फ्यान फलोइङ अहिले गनिसाध्य छैन।
केजीएफकै दोस्रो भागले त उनलाई नसोचेको चर्चा दियो। यसैबीच एक भारतीय सञ्चारमाध्यमले शनिबार उनको अन्तर्वार्ता गरेको थियो। त्यसमा भने उनले बलिउड कलाकार नवाजुद्दिन सिद्दिकीसँग काम गर्न ठूलो रहर भएको बताएका छन्।
अन्तर्वार्ताका क्रममा जब उनलाई कुन बलिउड कलाकारसँग काम गर्न चाहनुहुन्छ भनेर प्रश्न गरियो, तब उनले भने, 'नवाजुद्दिन सिद्दिकी एक उत्कृष्ट कलाकार हुन्। म उनीसँग काम गर्न चाहन्छु।'
नवाज बलिउडका स्थापित चरित्र अभिनेता हुन्। 'ग्याङ्स अफ वासेपुर'बाट उनले आफूलाई प्रमाणित गरेका थिए। 'रमन राघव 2.0', 'माझी द माउन्टेन म्यान' जस्ता चलचित्रमा उनले आफ्नो अभिनयको जादू देखाइसकेका छन्।