भारत। बलिउड अभिनेता टाइगर श्रफ अहिले आफ्नो आउँदो चलचित्र 'गणपत'को छायांकनमा व्यस्त छन्। हालै उनले चलचित्रको छायांकन सेटबाट केहि तस्विरहरू सार्वजनिक गरेका छन्। तस्विरमा टाइगरसँग चलचित्रका प्रोड्यूसर ज्याकी भगनानीलाई पनि देख्न सकिन्छ। तस्विरको क्याप्सनमा टाइगरले लेखेका छन् "मेरो बोसम्यान उर्फ प्रोड्यूसर साहेब उर्फ ब्रो सँग मस्ती गर्दै।" तस्विरमा टाइगर नाङ्गै भएर हिमपातका बिच सडकमा पोज दिइरहेको देख्न सकिन्छ। उनले तल कालो रंगको लामो कपडा लगाएका छन् भने माथी केहि लगाएका छैनन्। विकास बहल द्वारा निर्देशित चलचित्रमा कृति सेनन पनि मुख्य भूमिकामा देखिने छिन्। चलचित्रको निर्माण पूजा इन्टरटेनमेन्टको ब्यानरमा भइरहेको छ। चलचित्र २०२२को क्रिसमसबाट प्रदर्शनमा आउनेछ।
