विश्वकप: पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ।

दोहास्थित स्टेडियम ९७४ मा मंगलवार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो। यस खेलसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्।

खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाँड्नुपरेको हो। लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरेका थिए।

मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि  रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो। यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ।

समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ। मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा छ। त्यस्तै साउदी अरेबिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना अंकविहीन रहँदै पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×