चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फु बर्खास्त

सार्वजनिकरूपमा दुई महिनादेखि नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त गरिएको छ ।

 

उनलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन ।

दुई महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका लिको बर्खास्तीको समाचार चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका थिए ।

गत जुलाई महिनामा पनि तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । बर्खास्तीमा परेका दुवैजनाको स्टेट काउन्सिलको सदस्यता पनि खारेज गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लिमाथि भ्रस्टाचारको अभियोगमा अनुसन्धान भइरहेको थियो ।

उनी गत अगस्ट २९ तारिकदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×