कमेडियन हिमेश पन्त धादिङबाट प्रतिनिधिसभा उम्मदेवार बन्ने

काठमाडौँ - स्ट्यान्ड अप कमेडी मार्फत नेताहरूमाथि तिखो ब्यङग्य गरेर चर्चामा आएका हिमेश पन्तलाई राजनीतिको चस्का लागेको छ। यो चस्का स्टेजमा कमेडी देखाउन हैन आफैँ राजनीतिको मैदानमा उत्रिने।

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेको छ। रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्। उनी कमेडी सम्बन्धी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनका विजेता समेत हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×