मेस्सीले शेयर किनेपछि मायमीबाट खेल्ने चर्चा

काठमाडौँ - सुपर स्टार लिओनल मेस्सीले भविष्यमा एमएलएस टोली इन्टर मायमीबाट खेल्नुअघि नै क्लबको ३५ प्रतिशत सेयर किन्ने सम्भावना रहेको बताइएको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग मेस्सीको अहिलेको सम्झौता सन् २०२३ मा समाप्त हुनेछ।

आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनामा सम्झौता नविकरण नभएपछि मेस्सी जारी सिजनको सुरुवातमा पिएसजी पुगेका थिए। जहाँ उनको २ वर्षको सम्झौता टुंगिएपछि उनको नयाँ गन्तव्य एमएलएस हुने अनुमान गरिएको छ। पत्रकार एलेक्स कानडालले मेस्सीे पिएसजीसँगको सम्झौताको अन्त्यपछि इन्टर मायमी जाने बताएका छन्। कानडाका अनुसार मेस्सी मायमीको ३५ प्रतिशत सेयर किन्ने विषयमा तयारी गरिरहेका छन्।

‘मेस्सी विश्वका नम्बर एक खेलाडी हुन्। उनको क्षमता अझै घटेको छैन,’ इन्टर मायमीका सहमालिक समेत रहेका कार्यकारी निर्देशक जर्ज मासले फेब्रुअरीमा भनेका थिए,‘ डेभिड बेकह्यामसँगको उनको सम्बन्धका आधारमा मलाई विश्वास छ पिएसजी छाडेको अवस्थामा उनी हाम्रो क्लब र समुदायको हिस्सा हुनेछन्।’

के यो सम्भव छ भन्ने प्रश्नमा मासले भनेका थिए, ‘हामी त्यसका लागि प्रयास गर्नेछौं। हामी सकारात्मक छौं र त्यो सम्भव छ।’

मेस्सीले केहि वर्षअघि भविष्यमा व्यवसायिक फुटबल खेल्नका लागि अमेरिका जान सक्ने बताएका थिए। ‘म आफ्नो अनुभव बाड्नका लागि अमेरिका जाने विषयमा सोचिरहेको छु।

गत वर्ष मेस्सीका पूर्व सहकर्मी लुइस स्वारेज इन्टर मायमी जाने चर्चा चलेको थियो। अहिले पनि फ्रि एजेन्ट रहेका सुआरेजसँगै अर्को सिजन सर्जियो बुस्केटस् र जोर्डी अल्बा अमेरिका जाने चर्चा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×