द भ्वाइस अफ नेपालमा राजेश पायल र प्रविशाको प्रवेश

काठमाडौँ - गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ। आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागि २ कोच परिवर्तन गरिएको छ।

चौंथो सिजनका लागी राजेश पायल राई र प्रविशा अधिकारीले प्रवेश पाउँदा पहिलो सिजनबाटै कोचका रुपमा रहेका दीप श्रेष्ठ आउट भएका छन्। पछिल्लो सिजनमा जोडिएकी त्रिशला गुरुङ पनि आउट भएकी छिन्। गायक प्रमोद खरेल र राजु लामाले भने यो सिजनमा पनि निरन्तरता पाएका छन्।  

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदक मध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा रहेको आयोजकले जनाएको छ। ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतियोगिले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन्।

राजेश पायल र प्रविशाले चौथो सिजनमा कोचका रुपमा जोडिन पाउँदा उत्साहित भएको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×