काठमाडौँ - क्रोएसियन हेभिवेटको सूचीमा ३३ वर्षीय विंगर इभान पेरिसिचको नाम समावेश नगरी पुरा हुँदैन। गत विश्वकपमा उनले क्रोएसियाका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
समूह चरणको अन्तिम खेलमा उनले आइसल्याण्डविरुद्ध गोल गर्नुका साथै सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउने क्रममा उनले बराबरी गोलका साथै एउटा गोलको अवसर सिर्जना गरेका थिए। फाइनलमा पनि उनले फ्रान्सविरुद्ध गोल गरेका थिए।
गत युरोपियन च्याम्पियनसिपमा उनले समूह चरणमा २ गोल गरेका थिए। यो विश्वकपमा पनि क्रोएसियाको आक्रमणमा प्रशिक्षक डालिच उनीमाथि भर पर्नेछन्। ‘क्रोएसियाको जर्सीमा खेल्न पाउनु मेरो लागि सबैभन्दा ठुलो हो,’ उनि भन्छन्। आज क्रोएसियाका लागि गर या मरको स्थिति रहेको छ।
नकआउट चरणमा पुग्न युरोपियन महारथी बेल्जियमसँगको भिडन्तमा क्रोएसिया सकारात्मक नतिजा निकाल्न चाहन्छ। यसमा पेरिसिचको भूमिका महत्त्वपूर्ण हुनेछ।