११ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले शानदार प्रदर्शन गर्दै लगातार चौथो जित हात पारेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको हो।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमै ३ विकेट खोइरे सहजै पूरा गर्यो। टोलीका लागि विकेटकिपर विनोद भण्डारीले अविजित ६९ रनको आकर्षक पारी खेले। ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका भण्डारीको यो सिजनको पहिलो अर्धशतक हो।
यस्तै आरिफ शेखले ३९ रन, क्रिस लिनले १९ रन र जोश ब्राउनले ९ रन जोडे। बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान १/१ विकेट लिए।
लगातार चार जितसँगै सुदूरपश्चिमले ८ अंक जोड्दै प्लेअफको दहलीजमा उभिएको छ। अब बाँकी ३ खेलमध्ये १ खेल जिते पनि सुदूरपश्चिम प्लेअफ सुनिश्चित हुनेछ।
उता, पहिलो खेलमा जितसहित उत्कृष्ट सुरुवात गरेको लुम्बिनी लायन्स भने लगातार तेस्रो हारपछि दबाबमा परेको छ। ४ खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ यात्रामा अब चुनौती थपिएको|
.png)
.png)
.png)
.png)
.png)
.png)


