काठमाडौँ l समकालीन अवस्थाका चर्चित गायक एकदेव लिम्बुले नेपाली सांगीतिक जगतलाई 'आँखामा आउने सपनी', 'सिउँदो' , 'क्या राम्री' लगायत चर्चित गीतहरू दिइसकेका छन् l उनलाई दर्शक/श्रोताले जति माया गर्छन्,उनले पनि बदलामा उति नै माया दिने गरेका छन् l हाल उनको एक भिडियोले जता-त्यतै चर्चा/परिचर्चा कमाइरहेको छ l भिडियोमा उनले आफ्ना प्रशंसकहरुलाई देखाएको माया देख्न सकिन्छ l
केहीदिन अघि धरानमा आफ्नो प्रस्तुती दिन गएका एकदेवले आफ्नो प्रशंसककै घरमा पुगेर आफ्ना गीत सुनाएका छन् l १५ वर्षीय प्रशंसक फुङ्सो लिम्बुको घरमा उनी पुगेका थिए l सामाजिक सञ्जालमा प्रशंसकले गरेको कमेन्टलाई मध्यनजर गर्दै उनी फुङ्सोको घर पुगेका हुन् l साउन्ड सिस्टम बोकेर उनले प्रशंसकको घरमा गएर गीत सुनाएका हुन् l उनले प्रशंसकलाई घडी उपहार दिँदै तिम्रो मुटुमा , सिउँदो लगायत गीत सुनाए l