काठमाडौँ - कतार विश्वकपका लागि फ्रान्सको टिमम समावेश गरिएका डिफेण्डर प्रेसनेल किम्पेम्बे विश्वकप खेल्ने टिमबाट बाहिरिएका छन्।
चोटबाट फिट हुन संघर्ष गरिरहेका किम्पेम्बेले विश्वकपका लागि पूर्ण रुपमा फिट नहुने भएपछि आफैं नाम फिर्ता लिएको फ्रान्स फुटबल संघले जनाएको छ। सोमबार किम्पेम्बे र प्रेन्ट टिमको डक्टरबीच छलफलपछि यो निर्णय लिइएको छ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले किम्पेम्बेको स्थानमा एक्सेल डिसासीलाई टिममा समावेश गरेका छन्। डिसासीले फ्रान्सका लागि अहिलेसम्म खेलेका छैनन्।
यस्तै यसअघि २५ सदस्यीय टोली घोषणा गरेका डेसच्याम्प्सले फरवार्ड मार्कुस थुरामलाई पनि टिममा समावेश गर्दै टिम पूर्ण बनाएका छन्। विश्वककपा लागि हरेक टिमले २६ खेलाडी राख्न पाउनेछन्।