च्याम्पियन्स लिग र बालेन डि’ ओर उपाधिपछि मेसीलाई विश्वकप ट्रफी जित्ने सुनाैलाे माैका

काठमाडौँ - फ्रान्सविरुद्ध आइतबार हुने विश्वकपकाे फाइनल जितेर अर्जेन्टिनाकाे लिओनल मेसी अर्काे एउटा कीर्तिमानलाई पनि आफ्नाे नाममा लेखाउन चाहिरहेका छन्।

कतारमा जारी विश्वकपमा ५ गाेल गर्दै मेसी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक ११ गाेल गर्ने खेलाडी बने। उनले जर्मनीका लाेथार माथेसकाे विश्वकपमा २५ खेलकाे कीर्तिमानलाई पनि बराबरी गरेका छन्।

आज मैदानमा उत्रिएपछि माथेसकाे कीर्तिमानलाई पनि उनले पछाडि छाेड्ने छन्। ३५ वर्षीय मेसीकाे याे पाँचाै विश्वकप सहभागिता हाे। उनले कतार विश्वकप आफ्नाे जीवनकाे अन्तिम हुने घाेषणा गरिसकेका छन्।

फ्रान्सविरुद्ध जित हासिल गरेकाे खण्डमा मेसी च्याम्पियन्स लिग, बालेन डि’ ओर र विश्वकप उपाधि जित्ने विश्वकाे नवाै‌ खेलाडी बन्ने छन्। ७ पल्ट बालेन डि’ओर जितिसकेका मेसी २०१४ काे विश्वकपकाे फाइनल पुगेर पनि उपाधि बिहिन बन्न पुगेका थिए।

बार्सिलाेनामा रहँदा उनले ४ पल्ट च्याम्पियन्स लिग जित्ने इतिहास बनाएका थिए। विश्वकप र च्याम्पिन्स लिग जित्ने र बालेन डि’ ओरबाट सम्मानित हुने भाग्यमानी खेलाडीकाे सूचीमा यसअघि ब्राजिलका काका, राेनाल्डिन्हाे र रिभाल्डाे रहेका छन्। यसैगरी फ्रान्सका जिनेदिन जिदान,  इटालीका पाब्लाे राेसी, जर्मनीका गेर्ड मुलर र फ्रान्ज बेकेनबाउर तथा इंग्ल्याण्डका बबी चल्टर्न पनि छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×