काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ।
सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो।
गोमेजलाई सिटीले १३ मिलियन युरोमा अनुबन्ध गरेको हो। २१ वर्षीय डिफेन्डरले सिटीसँग ४ वर्षको लागि सम्झौता गरेका छन्।
उनले सिटीमा २१ नम्बरको जर्सी लगाउने छन्।