एजेन्सी। स्वर कोकिलाको उपाधि पाएकी चर्चित भारतीय गायिका लता मंगेशकरको स्वास्थ अवस्था गम्भीर छ। उनलाई फेरि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कोरोनाबाट संक्रमित भएपछि उनलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। ९२ वर्षीया लता त्यसयता आईसियुमै छिन्। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे उनलाई भेट्न शनिबार अस्पताल पुगेका छन्।
लताको उपचारमा संलग्न डाक्टर प्रतीत समदानीका अनुसार अहिले उनलाई आईसियुमा राखिएको छ र अग्रेसिव थेरापी भइरहेको छ। डाक्टरको टिमले उनलाई चौबिसै घण्टा निगरानी गरिरहेको छ।