६५ हजार पाकिस्तानी भिडियो टिकटकले हटायो

एजेन्सी - पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ। 

छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पुर्याउने भिडियोहरू हटाएको जनाइएको छ। 

टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको हो। 

अति धेरै भिडियोहरु एकै चरणमा हटाइएका देशहरूमध्ये पाकिस्तान तेस्रो धेरै भएको समाचारमा जनाइएको छ। 

हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उलङ्घनसम्बन्धी प्रतिवेदनका अनुसार पाकिस्तानीले बनाएको ६५ लाख ६३ हजार ५९४ ओटा भिडियो हटाइएको हो। सोही अवधिमा कूल आठ करोड ५७ लाख ९४ हजार २२२ ओटा भिडियो हटाइएको छ। 

सामाजिक सञ्जालको रूपमा टिकटक पछिल्लो समय दिनप्रति दिन लोकप्रिय हुँदै गइरहेको छ। सोही अनुपातमा विकृति र विसङगति पनि बढिरहेको पाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×