काठमाडौँ - यसै सिजिन इंग्लिस प्रिमियर लिगमा बढुवा भएको नटिङ्घम फरेस्टले अट्याकिङ मिडफिल्डर जेसी लिंगार्डलाई अनुबन्ध गरेको छ। फरेस्टले उनलाई प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो।
२९ वर्षीय लिंगार्डले फरेस्टसँग १ वर्षको लागि सम्झौता गरेका छन्। फरेस्टले यस समरमा ११ औं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो। लिंगार्डले यसै सिजनको अन्त्यसँगै युनाइटेड छाडेका थिए। इंग्लिस मिडफिल्डरले युनाइटेडका लागि २३२ खेलमा ३५ गोल गरेका थिए।
लिंगार्डले इंग्ल्यान्डका लागि ३२ खेल खेल्दा ६ गोल गरेका छन्। उनले गत सिजन इंग्लिस क्लब वेस्टह्याम युनाइटेडबाट लोनमा खेलका उनले १६ प्रिमियर लिग खेलमा ९ गोल गरेका थिए।