नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यसँगै अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रका छन् ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एक दिवसीय औपचारिक खेल खेल्न लागेको हो । नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

स्पिनर सूर्य तामाङ रिजन ढकालले डेब्यु गरेका छन् । क्यानडाविरुद्ध नेपालले ६ दिनको अन्तरमा तीन खेल खेल्दै छ । युवा खेलाडी सम्मिलित दुवै टोलीले शृंखला जित्ने लक्ष्य राखेका छन् । घरेलु टोलीले अधिकांश युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रशिक्षक मोन्टे देसाईले अधिकांश सिनियर खेलाडीलाई रेस्टमा राखेका छन् । उनले यसपटक युवा खेलाडीलाई अवसर दिएका छन् । नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले नै गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×