यू-१९ विश्वकप: बंगलादेशसँग भिड्दै नेपाली टोली

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको पहिलो खेल खेल्दैछ ।

पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ ।

उता बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । तर, अफगानिस्तानलाई हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो ।

नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।

भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेलअगावै ६–६ अंक भएको छ । नेपालले अब बाँकी दुवै खेल जित्दा पनि ४ अंक मात्रै हुन्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×