मौरिससविरुद्ध दोस्रो खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) मौरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दोस्रो खेलको लागि दुई परिवर्तन गरेका छन्।

डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङले टोलीमा स्थान बनाएका छन्। पहिलो खेलमा दर्शनको नाम भएपनि सामान्य चोटका कारण उनको स्थानमा प्रशान्त अवस्थी पहिलो खेल बेन्चमा रहेका थिए। दोस्रो खेलमा दर्शन ठिक भएपछि प्रशान्त टोलीमा छैनन्। त्यस्तै चोटका कारण संघर्ष गरिरहेका डिफेन्डर अनन्तको स्थानमा मनिष डाँगी टोलीमा समेटिएका छन्। मनिषले पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

दोस्रो खेलको लागि घोषित टोली :

गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेन्डर : गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नविन गुरुङ

मिडफिल्डर : सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी

फरवार्ड : अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुशील राई, मनिष डाँगी, दर्शन गुरुङ

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×