काठमाडौँ - स्वीडिस भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानसँग सम्झौता नवीकरण गरेका छन्।
४० वर्षीय इब्राहिमोभिचले मिलानसँग थप १ वर्षको लागि सम्झौता गरेको चर्चित खेल पत्रकार फब्रिजियो रोमानोले जानकारी दिएका हुन्। नयाँ सम्झौता अनुसार इब्राहिमोभिच सन् २०२३ को जुनसम्म मिलानमम रहने छन्।
इब्राहिमोभिच सन् २०२० मा अमेरिकी मेजर सकर लिग क्लब ला ग्यालेक्सीबाट फ्रि ट्रान्सफरमा मिलान अनुबन्धित भएका थिए। उनले मिलानबाट ७४ खेलमा ३६ गोल गरेका छन्। यसअघि उनले सन् २०१० देखि २०१२ सम्म मिलानबाट खेलेका थिए।