ओडीआई डेब्यूमै अर्जुनको अर्धशतक

काठमाडौँ - अर्जुन साउदले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमै अर्धशतक बनाएका छन्।

त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध दुई सय ६४ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनिङमा आएका अर्जुनले ७७ बलमा ५ चौकासहित अर्धशतक पूरा गरेका थिए। यूएईका रोहन मुस्ताफाले फालेको ७८औं बलमा उनी बोल्ड हुन पुगे।

यसअघि उनले नेपालबाट टी-ट्वेन्टी भने खेलिसकेका थिए। नेपालको केन्या भ्रमणमा पहिलो पटक नेपाली टिममा परेका अर्जुन विभागीय टिम त्रिभुवन आर्मीका खेलाडी हुन्।

नेपालले ३१.२ ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरी २५ र कुशल भुर्तेल १ रन बनाएर खेलिरहेका छन्। नेपाललाई जितका लागि १८.३ ओभरमा एकसय ५३ रन आवश्यक छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×