क्यानडामा नरेशको दोहोरो शतक

काठमाडौँ - क्यानडामा रहँदै आएका नेपाली क्रिकेट टोली ब्याटर नरेश बुढाएरले विष्फोटक दोहोरो शतक हानेका छन्। नरेशले मिसिसाउगा क्रिकेट लिगमा नेपाली समुदायको नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट नाइट्स क्रिकेट क्लबविरुद्ध ६२ बलमै दोहोरो शतक हानेका हुन्।

टस जितेर पहिला ब्याटिङ थालेको नेप्लिजले निर्धारित २५ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४४ रन बनायो। नरेशले ६५ बलमा २३ चौका र १६ छक्काका साथ २ सय १० रनको दोहोरो शतकीय इनिङ खेले। अविजित रहेका उनले ६२ बलमै दोहोरो शतक हानेका थिए। शतक ३० बलमा पूरा गरेका थिए।

सुजन बोहराले ५४ बलमा १० चौका र ३ छक्कासहित ७८ र प्रकाश नेपालले १६ रन बनाएका थिए। जितको लागि ३ सय ४५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नाइट्स २३.५ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो। यस लिग क्यानाडाको डिभिजन फोरको हो।

अघिल्लो महिना अमेरिका भ्रमण गर्नुअघि नेपालले क्यानाडा भ्रमण गरेको थियो। ओन्टारियोको कप्तानी नरेश बुढाऐरले गरेका थिए। 

२०१४ को टि२० विश्वकप टोलीका सदस्य रहेका बुढाएरले नेपाली क्रिकेटमा अवसर नपाएपछि २०१८ मा क्यानाडातर्फ लागेका थिए। नरेशले क्यानाडामा नेपालका मुख्य प्रशिक्षक समेत रहेका पुबुदु दसानायिकलेको एकेडेमीमा क्रिकेट सिकाउँदै अाएको बताइएको छ।

नरेशले नेपालबाट २०१४ को विश्वकपमा हङकङविरुद्ध टि-२० आईमा डेब्यू गरेका थिए। नेपालबाट २००९ मा बहराइनविरुद्ध डेब्यू गरेका थिए। नरेशले नेपालबाट अन्तिम खेल भने कीर्तिपुर मैदानमा २०१६ मा नामिबियाविरुद्ध डेब्यू गरेका थिए। उनले नेपालबाट ४ टि-२० आई र ६ लिष्ट ए खेल खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×