काठमाडौँ - बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ। सागरको निधन जिम वर्कआउटको समयमा भएको थियो। सागर अन्दाजी ५० वर्षका थिए।
उनी सन् १९९९ देखि सलमानको फिल्ममा उनको बडी डबल बन्दै आएका थिए। उनले आफ्नो करियरको सुरुवात फिल्म ‘कुछ कुछ होता हे’बाट गरेका थिए। यसपछि उनले ५० बढी फिल्ममा काम गरिसकेका थिए।
सागरको निधनको पुष्टि सलमानका अर्का बडी डबल शान्तनु घोषले गरेका छन्। शान्तनुका अनुसार सागरलाई तुरुन्तै मुम्बईको जोगेश्वरी इस्टस्थित हिन्दी हृदय सम्राट बालासाहेक ठाकरे ट्रमा केयर मुन्सिपल अस्पतालमा लगिएको थियो। अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
उनकाे निधनप्रति सलमानले दु:ख व्यक्त गर्दै गहिराे समवेदन प्रकट गरेका छन्। आजसम्म आफूलाई साथ दिएकाेमा धन्यवाद दिँदै उनले सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
भावुक हुँदै सलमानले इन्ट्राग्राममा लेख्छन्,’आजसम्म मलाई साथ दिएकाेमा हृदयत धन्यवाद व्यक्त गर्न चाहान्छु। तिम्राे आत्माले शान्ति पाओस् सागर भाइ हार्दिक श्रद्धाञ्जली।’
सागरले ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’, ‘दबंग’, ‘दबंग द्द’ जस्ता फिल्ममा सलमानको बडी डबलको भुमिका निर्वाह गरेका थिए।