‘स्पाइडर म्यान : नो वे होम’को पहिलो दुई दिनको सबै टिकट बुक

काठमाडौँ। बहुप्रतिक्षीत हलिउड चलचित्र ‘स्पाइडर म्यान : नो वे होम’ शुक्रवारबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको लागि सोमवारबाटै एडभान्स बुकिङ खोलिएको छ। मार्भल सिनेम्याटिक प्रस्तुति स्पाइडरम्यान राजधानी र राजधानी बाहिर गरी देशभरका धेरैजसो सिनेमाघरमा प्रदर्शन हुनेछ। मल्टिप्लेक्स चेन क्युएफएक्समा मात्र स्पाइडरम्यानले ५५ भन्दा बढी सो पाएको छ। काठमाडौँका छाया सेन्टर, लबिम मल, सिभिल मल, भाटभटेनी-भक्तपुर आउटलेटमा लगभग सप्ताहन्तको टिकट बिक्री भइसकेको जनाइएको छ। काठमाडौँबाहिर पनि स्पाइडरम्यानको क्रेज उस्तै छ। वान सिनेमाज्, एफक्यूब, बिग मुभिज, क्यूज सिनेमाज्, सिडिसी सिनेमाज् लगायतका मल्टीप्लेक्समा पनि चलचित्रले राम्रो शो पाएको छ। जोन वाट्सको निर्देशनमा बनेको 'स्पाइडर म्यान : नो वे होम' मा टम हल्यान्ड, जेनडाया, बेनेडिक्ट कम्बरबेक आदि कलाकार मुख्य भूमिकामा देखिने छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×