गोरखा - गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।
अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन्। लामाले एक हजार ६२४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे। लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरे। विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए।
गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ।